Home / Flash / भारत र अष्ट्रेलियाको वनडेमा अम्पायरले पनि लगाए हेल्मेट

भारत र अष्ट्रेलियाको वनडेमा अम्पायरले पनि लगाए हेल्मेट

६ माघ, काठमाडौं । अष्ट्रेलियाका जोन वार्ड हेलमेट लगाएर अम्पायरिङ गर्ने पहिलो अम्पायर बनेका छन् ।

बुधबार कानबरामा भएको भारत र अष्ट्रेलियाबीचको चौथो एकदिवसीय क्रिकेटमा उनले हेलमेट लगाएर अम्पायरिङ गरेका हुन् । खेल अघि नै उनले यसबारे जानकारी गराएका थिए ।

उनी छैटौं अन्तराष्ट्रिय वनडे म्याचमा अम्पायरिङ गरिरहेका छन् । ५३ वर्षका वार्ड केही समय अघि अम्पायरिङ गर्ने क्रममा घाइते भएका थिए । जसका कारण उनलाई अस्पताल नै भर्ना हुनु परेको थियो ।

उनी यसै महिना बिग ब्यास लिगमा अम्पायरिङमा फर्किएका हुन् । उनले त्यहाँ पनि हेलमेट लगाएर नै अम्पायरिङ गरे । इंग्ल्याण्डका जोन केटरबर्ग भने हेलमेट विना नै अम्पायरिङ गरिरहेका छन् ।

About rameesh babu