Home / Local News / भारतविरुद्ध कोणसभा र मोदीको पुत्ला दहन

भारतविरुद्ध कोणसभा र मोदीको पुत्ला दहन

modi

पोखरा, १२ असोज। भारतले अघोषित नाकबन्दी गरेपछि भारतको विरोध गर्दै पोखरामा पनि विभिन्न विरोधका कार्यक्रम भइरहेका छन्।

यसै क्रममा राष्ट्रिय जनमोर्चा कास्कीले पोखरामा म·लबार कोणसभा गरेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले भारतले गरेको गतिविधि पारवहन सन्धिविरुद्ध भएको बताए।

उनले भारतको हस्तक्षेपविरुद्ध सम्पूर्ण नेपाली जनता उठ्नुपर्ने बताए।  राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष शंकर बरालले नेताहरूको कमजोरीका कारण नै भारतले नेपालमाथि पटक-पटक ज्यादती गर्दै आएको बताए।

कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलन कास्कीका अध्यक्ष दीपक गुरुङ, अनेरास्ववियु छैटौंका सचिवालय सदस्य गणेश अधिकारीलगायतले बोलेका थिए।

राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आकाश गौतमले गरेका थिए।  यसैबीच, पोखराका युवाले छिमेकी देश भारतको अघोषित नाकाबन्दीको विरोध गर्दै पोखरामा म·लबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन्।

पोखराका युवाले स्वतःस्फूतरूपमा पोखराको पृथ्वीचोकमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका हुन्। यसअघि, युवाले पोखराको हल्लनचोकबाट निकालेको र्‍याली जिरो किलोमिटर हँुदै पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। र्‍यालीको समन्वय पोखरा लेकसाइडका नगेन्द्रबहादुर थापा र तुलसी दाहालले गरेका थिए।  कोणसभामा बोल्दै अग्रज मानव अधिकारकर्मी टेकनाथ बरालले नेपाली जनताले आफूअनुकूल संविधान बनाउँदा भारत रिसाउनुनपर्ने बताए।

‘हामीले हाम्रा लागि संविधान बनाएका हांै, भारतका लागि होइन’-उनले भने-‘हाम्रो संविधान हामीलाई मन परेको छ, हामी हस्तक्षेप चाहँदैनौं।’  नगेन्द्रबहादुर थापाले नेपालीको शिर सगरमाथाजस्तै सदैव उँचो रहेकाले नेपाल भारतसामु नझुक्ने बताए।

About Saw Been