Home / Local News / पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीमा बास्तोला

पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीमा बास्तोला

book

पोखरा, ९ असोज।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्की शाखाको आठौं अधिवेशनले शिवराज बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको निवर्तमान अध्यक्षमा जगदिश गौतम, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद शर्मा केपी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सापकोटा, सचिवमा वैकुण्ठ पौडेल, कोषाध्यक्षमा लालप्रसाद पाठक, सहसचिवमा कविन्द्र पोख्रेल तथा सदस्यमा पिताम्बर पोख्रेल, प्रकाश गिरी, मनोहरि सापकोटा, सृजना लामिछाने, इश्वर अधिकारी, सुरेन्द्र बास्तोला, दीपक सुवेदी, रामप्रसाद अधिकारी, मिलन गोर्खाली, प्रकाश बास्तोला, टंकप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्।

कार्यसमितिले तीनजना पछि मनोनीत गर्ने व्यवस्था छ।  यसअघि आठौं साधारणसभाको उद्घाटन गर्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसयी महासङ्घका केन्द्रीय अध्यक्ष रघुनाथ महर्जनले सिजनको बेला च्याउ उम्रेझैँ उम्रने पब्लिकेशनले गर्दा पुस्तक बिक्री वितरणमा धेरै समस्या आएको बताए। महासङ्घको नेतृत्व तहमा पब्लिकेशन र होलसेल र व्यवसायी भएको भएको हुँदा समस्या आएको भन्दै आगामी दिनमा पुस्तक रिटेलरलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए।  सरकारको बारम्बार ढुलमुले नीतिले आगामी शैक्षिक सत्रमा जनक शिक्षा र साझा प्रकाशनलाई जिम्मा दिँदा समयमा विद्यार्थीले पाठ्यपुस्तक उपलब्ध गर्न नसक्ने कुरा व्यक्त गरे।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिन्दुकुमार थापाले व्यवसायीलाई तीन सय ६५ दिन नै पसल खोलेर उपभोक्तालाई सहज बनाउन लागेको भन्दै बन्द भन्दैमा अब पोखराका कुनै पसल बन्द नगर्न सबै व्यवसायीलाई आग्रह गरे।  प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले व्यवसायी र विद्यालयका सञ्चालकबीच आपसी समन्वय नभएको हुँदा नयाँ शैक्षिक सत्रको सुरुमा समस्या आउने भएकोले सहकार्यको आवश्यकता रहेको धारणा राखे।

कार्यक्रममा फेन्सी व्यवसायी सङ्घका गिरधारी अधिकारी, हार्डवयर एशासिएसनका अध्यक्ष प्रेमप्रसाद पौडेल, डिलसर् एशोसिएसनका अध्यक्ष सुरेश अधिकारी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष गोपाल ध्वजू, निवर्तमान अध्यक्ष ऋषिराम शर्मा भण्डारी, केन्द्रीय सदस्य देवकृष्ण काफ्ले, सम्मानित व्यक्तित्व भेषराज पोख्रेल, शरदकान्त सिग्देल, रिजन शेरचन, उपभोक्ता मञ्च कास्कीका सचिव राजुराज अधिकारीलगायतले आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा पुराना व्यवसायी मध्येबाट भेषराज पोख्रेल, शरदकान्त सिग्देल र रिजन शेरचनलाई सम्मान गरिएको थियो।  नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ कास्कीका अध्यक्ष जगदिश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष अर्जुन पोख्रेलले स्वागत तथा सचिव शिवराज बास्तोलाले र सहसचिव वैकुण्ठ पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

About Saw Been